काठमाण्डु, ३ भदौ– राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ ।
६७ वर्षीय शेरचनको कोरोना संक्रमणका कारण बुधबार राति निधन भएइको हो । पारिवारिक श्रोतका अनुसार सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा शेरचनको निधन भएको हो ।
मिडिया सञ्चालकको छाता संस्था ‘मिडिया सोसाइटी नेपाल’ का पूर्वअध्यक्ष शेरचन हाल मिडिया अलाइन्सका उपाध्यक्ष थिए र विज्ञापन बोर्डका सदस्य थिए ।
उनी एमालेको तर्फबाट संविधानसभामा समानुपातिक सांसदसमेत भए । शेरचनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।