काठमाण्डु, २ भदौ– नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताका नाम र चुनाव चिन्हका लागि छलफलमा जुटेको छ।
बुधबार नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी बैठकमा हस्ताक्षर संकलनसहित नाम र चुनाव चिन्हबारे छलफल भइरहेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।
छलफलमा पार्टीको नामा नेकपा एमाले समाजवादीसहित विभिन्न नाममा छलफल भइरहेको राईले जानकारी दिए।
‘अन्तिम टुंगो लागिसकेको छैन, एमाले समाजवादी राख्ने कि भन्ने कुरामा कुरा मिल्ला जस्तो छ, छलफल जारी छ’, राईले भने।