थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ साउन ३२ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना संक्रामणमुक्त भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us