प्रचण्ड र देउवाबीच लफडा

काठमाण्डु टुडे २०७८ साउन १८ गते ७:४३ मा प्रकाशित

काठमाण्डु, १८ साउन– नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल समूह मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ ।

यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना  माओवादी अध्यक्ष पुष्पकमल दाहालले बनाएका छन् । तर गठबन्धनले देउवा नेतृत्वको संयुक्त सरकार गठन गरेको तीन साता पनि नबित्दै गठबन्धनभित्रका दलमा भाँजो उत्पन्न हुन थालेको छ ।

खास गरेर वर्तमान गठबन्धनका प्रमुख २ पार्टीका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा नेतृत्वलाई लिएर फरक विचार उत्पन्न हुन थालेको छ । साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us