शेयर बजार अहिलेसम्मकै उच्च

काठमाण्डु टुडे २०७८ साउन ११ गते ७:५४ मा प्रकाशित

काठमाण्डु, ११ साउन–  साताको  पहिलो  दिन  सेयर अहिलेसम्मकै  उच्च  बिन्दुमा  पुगेर  कारोबार  भएको  छ । रेकर्ड  ब्रेकको  बाटोमा  रहेको  सेयर  बजार  आइतबार ३०५८ को बिन्दुमा पुगेको हो  ।

आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ  । आइतबार  नेप्से  परिसूचक  ५४.३१ अङ्कले  उकालो  लागेर  ३०५८.६३ को  बिन्दुमा  पुगेको  हो  ।   सेन्सेटिभ इन्डेक्स  पनि  ११.७४  अङ्कले  उकालो लाग्दा  ५७४.०२  को  बिन्दुमा  पुगेर  रोकिएको  छ  । समग्रमा  पहिलो  दिनको  सेयर  बजार  १.८१  प्रतिशत र सेन्सेटिभ  इन्डेक्स  २.०९  प्रतिशतले  उकालो लागेको छ  ।

यसअघि नेप्सेले जेठ ३१ गते नेप्से उच्च बिन्दुमा  पुगेर  नयाँ  रेकर्ड  बनाएको  थियो  ।  सो दिन नेप्से ३०२५.८३ बिन्दुमा पुगेको थियो  ।​ आइतबार  २२३  कम्पनीको  एक  लाख  ४०  हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५  हजार  रुपियाँ  बराबरको  चार  करोड  ४१  लाख  १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ  ।

पहिलो दिन कारोबार  रकमका  आधारमा  साढे ४९ करोडको सेयर  कारोबार  भएर  नेपाल  बैङ्क शीर्ष स्थानमा  रहेको छ  । ग्लोबल आईएमई बैङ्कको  ४९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ  । एनसीसी, एनआईसी  एसिया  बैङ्क,  युनाइटेड  मोदी  हाइड्रोपावर, अरुण काबेली पावर  र नेशनल हाइड्रोको ३० करोडभन्दा बढीको सेयर कारोबारमा आएको छ  । गाेरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us