अब लामो दूरीका सवारी साधन चल्ने

काठमाण्डु टुडे २०७८ साउन ८ गते ७:३१ मा प्रकाशित

काठमाण्डु, ८ साउन–गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न  निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि  सार्वजनिक  यातायात सेवा सञ्चालन गर्न लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात  सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको  पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

गृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डको पालना गरी सार्वजनिक यातायातका  साधन सञ्चालनमा सहजीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन भएको बताए । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us