देउवाका चार मन्त्रीमध्ये धेरै पढ्नेमा पम्फा भुसाल

काठमाण्डु टुडे २०७८ असार ३० गते ८:५३ मा प्रकाशित

काठमाण्डु, ३० असार– काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार आफ्नै दल काँग्रेसका दुई र माओवादी केन्द्रका दुई नेतालाई मन्त्रीमा नियुक्त गरेका छन् ।

देउवाले काँग्रेसबाट बालकृष्ण खाँणले गृह र ज्ञानेन्द्रबहादुर कार्कीले कानून तथा माओवादी केन्द्रबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री नियुक्त गरेका हुन् । चारै जना मन्त्रीमा पुराना अनुहार हुन् । संयोग कस्तो परेको छ भने ती सबै चौथौपटक मन्त्री बनेका छन् । बालकृष्ण खाँण ०६१ मा देउवा नेतृत्वकै सरकारमा पहिलोचोटि शिक्षा राज्यमन्त्री भएका थिए । त्यसपछि उनले ०६६ मा सिंचाइ र ०७३ मा रक्षामन्त्री सम्हाले ।

खाँणले स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । यस्तै कार्की ०६३ मा जलश्रोत र ०७४ मा अर्थमन्त्री बनेका थिए । माओवादी नेता शर्मा पनि चौथोपटक मन्त्री बनेका हुन् । उनी ०६५ मा शान्ति तथा पुननिर्माण, ०७३ मा ऊर्जा र ०७४ मा गृहमन्त्री थिए । शर्माले स्तानकसम्मको अध्ययन गरेका छन् ।

माओवादी केन्द्रकी नेतृ भुसाल पनि चौथोपटक नै मन्त्री बनेकी हुन् । ०६४ मा महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीबाट उनले सरकारमा डेब्यु गरेकी हुन् । भुसाल ०६५ मा समान्य प्रशासन र ०६८ मा शान्ति मन्त्री भइन् । उनले इन्जिनियरिङमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् ।

माओवादी जनयुद्धमा सहभागी हुनुअघि भुसालले पुलचोक इन्जिनियरिङ क्याम्पसमा प्राध्यापन गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us