देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपति कार्यालयले देखाएको रबैया

काठमाण्डु टुडे २०७८ असार २९ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, २९ असार– राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको सम्बन्धी राष्ट्रपति कार्यालयको सूचनामा गम्भीर प्राविधिक त्रुटि भेटिएको छ ।

सर्वोच्च अदालतको परमादेशका आधारमा राष्ट्रपतिले देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी वित्रप्तिमा सर्वोच्चको संवैधानिक इजलासको फैसलाअनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको उल्लेख छ ।

तर, संविधानको कुन धाराअनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् भन्ने विप्तिमा खुलाइएको छैन । संविधानको धारा ७६ (५) अनुसार देउवाले पेस गरेको दावी मनासिव देखिएको अदालतको आदेशमा छ ।

देउवाले गत ७ जेठमा संविधानको धारा ७६ (५) अनुसार काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको बाबुराम–उपेन्द्र समूह, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद गरी १ सय ४९ को समर्थनसहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । तर, राष्ट्रपतिले देउवा र केपी ओली दुवैको आधार नपुगेको भन्दै सोही रात प्रतिनिधिसभा भंग गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us