राष्ट्रपति कार्यालयले बुझायो सर्वोच्चलाई प्रधानमन्त्रीमा देउवाको दाबी नपुग्नुको लिखित कारण

काठमाण्डु टुडे २०७८ असार ३ गते १७:३० मा प्रकाशित

काठमाण्डु, ३ असार– राष्ट्रपति कार्यालयले धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गर्नुको कारण खुलाएर सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ।

बिहीबार राष्ट्रपति कार्यालयले सर्वोच्चलाई पठाएको लिखित जवाफमा देउवाले दाबी प्रस्तुत गर्दा दुई दलको मात्र समर्थन पत्र पेश भएको अन्य दलको नभएको, हस्ताक्षरको सिलसिला नमिलेको र कतिपय सांसदको दलीय हैसियत नखुलेको हुनाले उनको दाबी विश्वसनीय नलागेको उल्लेख गरेको छ।

त्यस्तै, प्रधामन्त्री केपी शर्मा ओलीले आफूलाई समर्थन हुने भनि पेश गरेका दलका सदस्यले अर्का दाबीकर्तालाई समर्थन गरेको देखिएको पनि उल्लेख छ।

आदेश बुझेको सात दिनभित्र आज प्रधानमन्त्री र राष्ट्रपति कार्यालय दुवैले सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन्।Rastrapati_1623927659

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us