जसपाका नेता राजकिशोर यादव को पनि ओली सरकारमा प्रवेश

काठमाण्डु टुडे २०७८ जेठ २७ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– जसपाका नेता राजकिशोर यादवले केपी ओली सरकारमा प्रवेश गरेका छन् । ओली नेतृत्वको सरकारमा उद्योगमन्त्री भएका उनको वरियता १० औं नम्बरमा रहेको छ । जसपाका तीन मन्त्रीपछि उनको वरियता परेको हो ।

उनीअघि जसपाका वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री राजेन्द्र महतोको वरियता चौथो नम्बरमा रहेको छ । यस्तै ऊर्जामन्त्री शरतसिंह भण्डारीको छैटौँ र अनिलकुमार झाको वरियता आठौं नम्बरमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us