भारतको केमिकल कारखानामा आगलागी, १८ मजदुरको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ २५ गते ७:०० मा प्रकाशित

एजेन्सी– भारतको महाराष्ट्र राज्यको पुणेस्थित एक केमिकल कारखानामा सोमबार राति आगलागी हुँदा कम्तिमा १८ मजदुरको मृत्यु भएको छ ।

आगलागी हुँदा कारखानामा ३७ मजदुर कार्यरत थिए । आगलागीपछि हराइरहेका मजदुरको खोजी जारी छ । मृतक संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

भारतको फायर ब्रिगेड विभागले आगलागी भएको कारखानामा फेसका मजदुरहरुको ज्यान बचाउन कारखानाको पर्खाल भत्काउने कार्य जारी रहेको जनाएको छ । आगलागीको कारण भने खुल्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us