जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता

काठमाण्डु टुडे २०७८ जेठ २ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, २ जेठ– लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वाेच्च ले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो । पुर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो ।

अहिले कोभिड र बन्दी बाहेक केही महत्वपुर्ण रिटमा सुनुवाई गर्ने निर्णय भएको हुनाले जसपाका सांसदहरुको रिट दर्ता गरिएको सर्वाेच्च का सञ्चारविज्ञ किशोर पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us