मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते १३:१२ मा प्रकाशित

मोरङ, २६ वैशाख– मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै भएका घटनामा २ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका–१ हाटखोला का ३० वर्षीय प्रविन माझीको चट्याङ लागेर मृत्यु भएको हो ।

बारीमा काम गरिरहेका बेला चट्याङ लागेर गम्भिर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ वर्षीय जाननारा खातुन चट्याङ लागी घाइते भएका हुन् ।

उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us