मुख्यमन्त्री भट्टलाई मातृशोक

काठमाण्डु टुडे २०७८ वैशाख २३ गते २०:०९ मा प्रकाशित

डोटी, २३ वैशाख– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ ।

 केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्दा रहनुभएका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीबार निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको बिहीबार आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेकाे र मृतककाेअन्त्येष्टि शुक्रबार मात्रै गरिने  परिवारले जनाएको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us