मोरङमा लागूऔषधसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०७८ वैशाख १५ गते १२:२६ मा प्रकाशित

मोरङ, १५ बैशाख– उर्लाबारी नगरपालिका–४ आइतबारे बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–४ आइतबारे बस्ने २१ वर्षीय सागर तामाङ र सोही स्थान बस्ने १७ वर्षीय दिपेश राजवंशी छन् ।

प्रहरीले उनीहरुको साथबाट ट्रामोल १० पत्ता (१०० चक्की) र डिकोलिन १० पत्ता (१०० चक्की) बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए । प्रहरीले पक्राउ पर्नेहरूलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us