विष्णु रिजाल बालुवाटार बैठकमा सहभागी

काठमाण्डु टुडे २०७८ वैशाख ६ गते १८:१५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– एमाले केन्द्रीय सदस्य विष्णु रिजाल ओली समूहको महाधिवेशन आयोजक समिति बैठकमा सहभागी भएका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकमा रिजाल सहभागी भएका हुन् । रिजाल माधव नेपाल समूहका प्रभावशाली युवा नेता हुन् । उनले लामो समयदेखि नेता नेपाललाई साथ दिँदै आएका थिए ।

पत्रकारिता पृष्ठभूमिका उनी माधव नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us