धनुषा र कास्कीमा पत्रकार महिलाको नेतृत्व चयन

काठमाण्डु टुडे २०७७ चैत २६ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, २६ चैत– नेपाल पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्वार विजयी भएका छन् ।

बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झा र कास्कीमा विमला भण्डारी महासंघको जिल्ला शाखा अध्य क्षमा विजयी भएका हुन् । कास्कीकी विमला भण्डारीले १७४ मत ल्यााएर वियजी भएकी हुन्।

महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुन् भण्डारी । उनी न्यूनतम पारिश्रामिक निर्धारण समितिकी सदस्य समेत हुन् । उप–निर्वाचनमा विद्या भट्टराईको निर्वाचन क्षेत्रबाट कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस समेत भएकी थिइन् ।

उनको नेतृत्वमा उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना र महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा विजयी भएकी छिन् । सचिवमा माधव बराल, सह–सचिव खुलातर्फ श्रीराम सिग्देल, सह–सचिव समावेशी तर्फबाट रेम विश्वकर्मा, कोषध्यक्षमा एकराज गिरी विजय भएका छन् । तीन सय १२ मतदाता भएको कास्कीमा तीन सय ५ मत खसेको थियो ।

यस्तै मनकाले पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्यमक्षमा विजयी भएकी हुन्। धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश–२ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् ।

प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह–सचिवमा निरन्जन साह, सह–सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us