चार मन्त्रीको सांसद पद खोसिने

काठमाण्डु टुडे २०७७ चैत २६ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, २६ चैत– नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिने भएको छ ।

बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने सांसद सचिवालयलको तयारी रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमालेमा प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली(४ का लेखराज भट्ट, रौतहट(३ का प्रभु साह र कैलाली(३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना मन्त्री छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि जानेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us