पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ

काठमाण्डु टुडे २०७७ चैत २५ गते १८:३६ मा प्रकाशित

वीरगञ्‍ज, २५ चैत– पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार चम्पारणका ४५ बर्षीय मनोज गुप्ता, बिहारकै ५५ वर्षीय ईदरिश मियाँ, मोतिहारीका ३० वर्षीय प्रिन्स साह, ३५ वर्षीय सागिर आलम र पर्सा जगरनाथपुरका ३९ वर्षीय रामानन्द राम रहेका छन् ।

यस्तै पर्सा जगरनाथपुरकै २० वर्षीय रवि कुमार साह, ४० वर्षीय मुनी शाह तेली, २२ वर्षीय जालिम गद्दी, ३८ वर्षीय राज कुमार प्र।कुर्मी र ३५ वर्षीय आश महम्द राउत गद्दीलाई पोखरीया पर्सा प्रहरी कार्यालयले पक्राउ गरको छ ।

उनीहरुले विभिन्न मितिमा आयल स्टोरहरुको मिलेमतोमा पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्दै आएका थिए । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us