एक युवती, जसले अवैध शिशु जन्माएर दराजमा थन्क्याइन् !

काठमाण्डु टुडे २०७७ चैत ११ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, ११ चैत– पोखरामा अवैध सम्बन्धबाट जन्मिएको शिशु दराजमा थुनेर राख्ने एक युवती पक्राउ परेकी छन् ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भई हाल पोखराको अधिकारी टोल बस्दै आएकी २३ वर्षीया अस्मिता घलेलाई प्रहरीले पक्राउ गरेको हो । घलेले शुक्रबार राति शिशु जन्माएपछि कपडामा बरेर दराजमा राखेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

शनिबार स्वास्थ्यमा समस्या भएपछि घले गण्डकी मेडिकल कलेज पुगेकी थिइन् । चिकित्सकले उनले शिशु जन्माएर फालेको आशंकामा प्रहरीमा खबर गरेका थिए । प्रहरी टोलीले घलेको कोठा खानतलासी  गर्ने क्रममा दराजमा मृत शिशु फेला पारेको थियो ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले मृत शिशु जन्माएको वा जिवितै जन्माएर हत्या गरेको भन्नेबारे अनुसन्धान जारी रहेको बताए । शिशुको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरीका अनुसार घले अविवाहित हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us