
काठमाण्डु, १० चैत– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई काठमाडौंको जोरपाटीबाट प्रहरीले प्रकाउ गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ का बुद्धिबहादुर तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
तामाङले २०७६ कात्तिक २५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी कुमारी तामाङलाई कृषि विकास बैंकको जोरपाटी शाखामा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी चेक काटेर दिएको प्रहरीको भनाइ छ ।
उनलाई चेक अनादर गरेको मुद्दामा दोषी ठहर गर्दै गत फागुन १७ गते उच्च अदालत पाटनले ६ दिन कैद र १९ लाख ९० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।