भारतमा सवारी दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी २०७७ चैत १० गते १३:४२ मा प्रकाशित

नयाँ दिल्ली, १० चैत– भारतको मध्यप्रदेशमा पर्ने ग्वालियरमा आज (मंगलबार) बिहान ठुलो दुर्घटना भएको छ ।

सोहि ठाउँको छावनी इलाकामा बस र अटो रिक्सा ठोकिँदा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र १ पुरुष रहेका छन् । भारतीय सन्चारमाध्यमका अनुसार राज्य सरकारले मृतकको परिवारलाई जनाही ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us