
काठमाण्डु, ९ चैत– राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान गरेकी छन् । समकक्षी मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार नेपाल वायु सेवा निगमको चार्टर विमानमार्फत दुई दिने भ्रमणका सिलसिलामा बंगलादेश प्रस्थान गरेकी हुन् ।
भण्डारीलाई बिदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना विमानस्थल पुगेका थिए । नेपालमा गणतन्त्र स्थापनापछि राष्ट्रपति तहबाट भएको यो पहिलो भ्रमण हो ।
राष्ट्रपति भण्डारी सोमबारै बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजबिर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्ण जयन्ती समारोहमा सहभागी हुनेछिन् । समारोहमा नेपालको सांस्कृतिक टोलीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । भण्डारी गत १० चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।