माधव–झलनाथ पक्षका सांसद हटाउने तयारी, बालुवाटारले सोध्यो स्पष्टीकरण

काठमाण्डु टुडे २०७७ चैत ७ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, ७ चैत– एमालेको केपी ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदमाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको संसदीय दल बैठकले खनाल–नेपाल पक्षका सांसदमाथि अनुशासन उल्लंघन गरेको आरोपमा प्रष्टीकरण सोध्ने निर्णय गरेको हो ।

ओलीले आफूले बोलाएको बैठकमा नआउनेमाथि अनुशासनको कारबाही हुने चेतावनी दिँदै आएका छन् । कारबाहीको प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोध्ने निर्णय भएको बालुवाटार श्रोतले जनाएको छ । एमाले संसदीय दलका अध्यक्षसमेत रहेका ओलीले आफूपक्षधरको दुई तिहाई भन्दा बढी संख्या राखेर बिहीबार बोर्ड गठन गरेका थिए ।

बोर्डमा वरिष्ठ नेताद्वय नेपाल र खनाललाई पनि राखिएको छ । तर, नेपाल–खनालसहित सो पक्षका बैठकमा सहभागी थिएनन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us