खनालको अध्यक्षतामा भेला सुरु

काठमाण्डु टुडे २०७७ चैत ४ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, ४ चैत– एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता सुरु भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहले समानान्तर गतिविधि अघि बढाएको छ ।

ओली पक्षले र खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको सहभागीता रहेको छ । बैठक खनालको अध्यक्षतामा सुरु भएको हो । भेलामा १० वटा समूह बानाइएको छ ।

११ जना स्थायी कमिटी सदस्यसहित शीर्ष नेताहरुबीचको छलफलपछि यो भेला सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us