जसपा पदाधिकारी बैठक बस्दै

काठमाण्डु टुडे २०७७ चैत ३ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ३ चैत– आज जसपाको पदाधिकारी बैठक बस्दै छ ।नेता अशोक राईका  अनुसार  बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार गर्नेलगायका विषयमा छलफल हुनेछ ।

आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ । नयाँ सक्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ । पदाधिकारी बैठकमा सक्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ ।

बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो २ बजे बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us