कार्यव्यवस्था समितिको बैठक दिउँसो २ बजे बस्दै

काठमाण्डु टुडे २०७७ चैत २ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, २ चैत–प्रतिनिधिसभा पुनस्थापनापछि पहिलो पटक परामर्श समितितको बैठक बस्दैछ ।

यसअघि, दुई पटक २३ फागुन र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन । प्रतिनिधिसभाको अर्काे बैठक चैत ३ गते बस्दै छ ।

आज अघिल्लो दिन सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

त्यसविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।त्यसपछि २ पटक बसेको बैठक अघि कार्यव्यवस्था समिति बस्न सकेको थिएन ।

आजको बैठकमा भने नेकपा एमाले, माओवादी केन्द्र, कांगे्रस र जसपाका प्रतिनिधिलाई बोलइएको सभामुखको सचिवालयले जनाएको छ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us