हेमन्तप्रकाश वली भेट्न नख्खु कारागार पुगे विप्लव

काठमाण्डु टुडे २०७७ फागुन २२ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारागारमा थुनामा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई भेटेका छन् ।

वार्टा टोली संयोजक एवं प्रवक्ता खड्गबहादुर विक र उदयबहादुर चलाउनेका साथ विप्लव शनिबार वली भेट्न कारागार पुगेका थिए । श्रोतका अनुसार भेटका क्रममा विप्लवले वार्तामा आउनुपर्ने परिस्थिति र सरकारसँगको सहमतिबारे जानकारी गराएका थिए । विप्लवले वलीलाई सरकारले प्रक्रिया मिलाएर केही समयमै रिहा गर्ने बताएकाले अब धेरै दिन कारागार बस्नु नपर्ने वलीलाई बताए ।

‘प्रधानमन्त्रीसँग मेरो कुरा भएको छ, सहमति पनि त्यही छ’, विप्लवले भने, ‘केही प्रक्रिया पुरा गरेपछि तपाईं छुट्नुहुन्छ ।’ नेकपाका मध्यकमाण्ड इन्चार्जसमेत रहेका वलीलाई प्रहरीले २०७५ चैत ९ गते काभ्रेबाट पक्राउ गरेको थियो । वलीमाथि नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम विस्फोट गराएको आरोप छ ।

यसैबीच विप्लवले नख्खु कारागारमै रहेका अरु कार्यकर्ता पनि भेटेका छन् । सरकारसँन्ग तीन बुँदे सहमति भएको भोलिपल्ट शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा विप्लव सार्वजनिक भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us