विप्लव साहसिक नेता, उहाँले जनताको मन जित्नुभयोः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७७ फागुन २१ गते १६:०५ मा प्रकाशित

काठमाण्डु, २१ पmागुन– प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लवलाई साहसिक नेताको संज्ञा दिएका छन् ।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति सार्वजनिकीकरण कार्यक्रममा शुक्रबार ओलीले विप्लवले वार्तामा आएर साहसिक र ऐतहासिक कलम चालेको बताए । फरक कार्यदिशामा हिंडिरहेको शक्तिका नेताले कार्यकर्तालाई बुझाएर शान्तिमा आउन ठूलो साहस र आँट चाहिने उनको भनाइ थियो । विप्लवले नेपालीहरुको शान्ति, विकास र समृद्धिको यात्रामा विप्लवले चालेको कदमका लागि धन्यवाद दिए ।
विप्लवको यो कदमबाट नेपाली जनताको मन धेरै जितेको ओलीले बताए ।

‘नेपाली जनता र नेपाल राष्ट्रले सम्पूर्ण रुपले शान्ति, निर्भय वातावरण, भ्रष्टाचार अन्त्य चाहेको छ’, ओलीले भने, ‘जनताको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउयने र सबैको जिउधनको रक्षा गर्न पाउने चाहनाका लागि विप्लवजीले साहसिक र एतिहासिक कदम चाल्नुभएको छ ।’ ओलीले सबै नेपालीको चाहना समृद्ध नेपाल, सुखी नेवाली भएको भन्दै त्यसका लागि शान्तिपूर्ण वातावरण र लोकतान्त्रिक प्रणाली चाहिनेमा जोड दिए । नेपालमा शान्ति कायम गर्ने सन्दर्भमा आज एतिहासिक काम भएको ओलीको भनाइ थियो ।

‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवशे गरेको छ’, उनले भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरिरहेको छैन । नेपाल शान्तिपूर्ण देश हो र नेपालमा शान्ति छ । यो आजको उपलब्धी हो ।’ संयुक्त राष्ट्रसंघले केही दिनअघि मात्र नेपाल शान्ति सूचकमा भारत, चीन भन्दा अगाडि रहेको चर्चा गर्दै विप्लव शान्तिमा आएपछि कहाँ राख्ला राष्ट्रसंघले भन्ने प्रश्न गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us