
काठमाण्डु, २० फागुन– सरकारले गृहमन्त्री रामबादुर थापा नेतृत्वको वार्ता टोली र नेत्रविक्रम चन्द विप्लव समूहबीचको सहमति अनुमोदन गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले दुई वार्ता टोलीबीचको सहमति अनुमोदन गरेको हो । सरकारी र विप्लव वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमा विप्लवले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा सहभागी हुने प्रतिबद्धता जनाएको छ ।
यस्तै सरकारले उक्त समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने र थुनामा रहेका नेता तथा कार्यकर्ताको रिहाई गर्ने सहमति छ । सहमतिअनुसार मन्त्रिपरिषदले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गरेको हो । प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा विप्लव नेतृत्वको नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।