सेनिटाइजर सेवनबाट दुईको मृत्यु

काठमाण्डु टुडे २०७७ फागुन १७ गते १७:५८ मा प्रकाशित

विराटनगर, १७ फागुन– विराटनगरमा सेनिटाइजर सेवनबाट सोमबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । दुवैको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र झापा शिवसताक्षी नगरपालिका–४ घर भई हाल विराटनगर महानगरपालिका–१७ बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

मण्डलले श्रीमतीसँगको विवादमा सेनिटाइजर सेवन गरेका थिए भने गिरीले मदिरा ठानेर अस्पतालका मेडिकल सुपरिटेन्डेनन्ट डा. चुमनलाल दासले दुवैको सेनिटाइजर सेवनका कारण मृत्यु भएको पुष्टि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us