बारपाकमा एकै परिवारका तीन जना मृत फेला

काठमाण्डु टुडे २०७७ फागुन १० गते १२:५६ मा प्रकाशित

गोरखा, १० फागुन– उत्तरी गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक टोलमा एकै परिवारका तीन जना मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय ४८ वर्षका टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइत कुमारी र १३ वर्षीया नातिनी उषा छन् ।

सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले ढोका खोलेर हेर्दा तीन जना मृत भेटिएका थिए । मृतक सबैको मुखबाट फिँज निस्किएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us