
विराटनगर, ८ फागुन– गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अभियुक्त छिट्टै पक्राउ पर्ने बताएका छन् ।
नेकपा ओली समूहका नेतासमेत हरेका गृहमन्त्रीले विराटनगरमा शनिबार आफ्नो समूहले गरेको सभालाई सम्बोधन गर्दै प्रहरी निर्मलाका हत्यारा नजिक पुगिसकेको बताए । उनले अपराधी छिट्टै पक्राउ पर्ने पनि दाबी गरे ।
मन्त्री थापाले बैतडीकी १७ वर्षीया भागरथी भट्टका हत्यारामाथि कारबाही गरेरै छाड्ने प्रधानमन्त्री केपी ओलीको प्रतिबद्धता गृह प्रशासनले पुरा गरेको बताए । ।