
बुटवल, ७ फागुन– प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ ।
उक्त समूहका नेताहरु भेषराज भुसाल र देवबहादुर केसी पक्राउ परेका हुन् । उनीहरु विप्लवसहित चार दलीय रणनीतिक मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी थिए ।
यसैबीच चार दलीय मोर्चाले भुसाल र केसीको गिरफ्तारीको विरोध गरेको छ । मोर्चाका तर्फबाट रामसिंह श्रीस र ऋषि कट्टेलले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुको रिहाइको माग गरेका छन् ।
विज्ञप्तिमा भुसाल र केसीको रिहाइका लागि पहल गरिदिन मानवअधिकारवादी संघसंस्था, सञ्चार जगत तथा नागरिक समाजसँग अपिल गरिएको छ ।