
बुटवल, ३० माघ–नेकपा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा स्थायी समिति सदस्य देव गुरुङले अदालतले नगरे जनताको बलले संसद विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने चेतावनी दिएका छन् ।
बुटवलमा शुक्रबार सञ्चारकर्मीसँग गुरुङले सर्वोच्चले विकटन सदर गरे संसद सुचारु गर्ने चेतावनी दिए । नेकपाको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका गुरुङले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ सालमा विकटन गरेको संसद आन्दोलनको बलमा २०६३ सालमा सुचारु भएको स्मरण गरे । यसपटक पनि राजनीतिक सहमतिका आधारमा संसद चल्न सक्ने गुरुङको भनाइ थियो ।
गुरुङले संसद पुर्नस्थापना नभए हाल उठेको आन्दोलन जनविद्रोहमा परिणत हुने दाबी गरे । गुरुङले संसद विघटनको पक्षमा राष्ट्रपति र प्रधानमन्त्री केपी ओली समूहबाहेक कोही नरहेको बताए ।