प्रचण्डलाई चिडिया खानामा थुन्ने बादलको धम्की

काठमाण्डु टुडे २०७७ माघ २३ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, २३ माघ– नेकपा ओली समूहका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्डलाई चिडिया खानामा लगेर थुन्ने चेतावनी दिएका छन् ।

ओली समूहले शनिबार काठमाण्डुको नारायणहिटी अगाडि गरेको सभालाई सम्बोधन गर्दै बादलले मांसहारी आन्दोलन गर्छु भन्नेलाई चिडिया खानामा थुन्ने चेतावनी दिए ।

गृहमन्त्री थापाले सुरक्षा अंगहरुलाई माशंहारी आन्दोलन पक्षधरको निगरानी गर्नसमेत निर्देशन दिए ।

प्रचण्डले पार्टी निकट युवासंघको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले केपी ओलीको असंवैधानिक कदम नसच्चिने अभिव्यक्ति दिएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us