
काठमाण्डु, २२ माघ– प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहका ७७ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले आमहड्ताल गराउँदै हिंडेका ७६ जनालाई काठमाण्डु र एक जनालाई भक्तपुरबाट पक्राउ गरेको हो । अष्टलक्षमी शाक्य, हितमान शाक्य र अमृता थापामगरलाई कलंकीबाट, रमेश मल्ललाई बागबजार र कृष्ण केसीलाई चाबहिलबाट प्रक्राउ गरिएको छ ।
गृह मन्त्रालयले बिहीबारै विज्ञप्ति जारी गरी शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरिएको पाइए कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको थियो ।