
काठमाण्डु, २० माघ– संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बुधबार बैठक बोलाएका थिए । यसअघि बिहान ११ बजेका लागि राखिएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो । उक्त बैठकसमेत नबस्ने गरी स्थगित भएको छ । परिषदले यसअघि ११ आयोगमा रिक्त पदाधिकारी र सदस्य नियुक्तिको विवादास्पद सिफारिस गरेको थियो ।
अख्तियार, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, दलित आयोग, मधेसी आयोग लगायतमा गरिएका सिफारिस बदरको माग गर्दै सर्वोच्चमा रिटसेमत दायर भएको छ । परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, विपक्षी दलका नेता, सभामुख, उप–सभामुख र राष्ट्रियसभामा अध्यक्ष रहने व्यवस्था छ ।
उप–सभामुख पद रिक्त रहेकाले हाल परिषदमा पाँच सदस्य मात्र छन् । सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा अनुपस्थित बैठकले आयोगहरुमा नियुक्ति सिफारिस गरेको थियो ।
सभामुख सापकोटाले आइतबार परिषदको सिफारिस फिर्ता पठाइदिएका थिए ।