सबै खेलाडी ओलीको पक्षमा उभिनुपर्छः बादल

काठमाण्डु टुडे २०७७ पुष २८ गते १८:३६ मा प्रकाशित

काठमाण्डु, २८ पुस– गृहमन्त्री रामबहादुर थापा बादलले खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्न आग्रह गरेका छन् ।

अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै बादलले राजनीतिक स्थायित्व र विकासका लागि ओलीलाई साथ दिन सबै खेलाडीलाई अपिल गरे ।

बादलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लान खोजेको आरोप लगाए ।

प्रचण्ड र नेपाल समूहलाई गुटको संज्ञा दिँदै उनले मुलधारको नेकपा ओली समूह भएको जिकिर गरे ।

‘एउटा गुटले नेकपा विभाजन गरेर र नृतृत्वलाई अपदस्थ गरेर मुलुकमा अस्थिरता ल्याउन खोजेको थियो’, बादलले भने, ‘प्रधानमन्त्रीले त्यसलाई रोक्न र मुलुकलाई विकास र स्थिरतातर्फ लैजान प्रतिनिधिसभा भंग गरेर निर्वाचनमा जाने निर्णय लिनुभयो । यो सही छ ।’

बादलले प्रचण्ड–नेपालको गुटमा नभई पार्टीका पक्षमा उभिन नेकपा कार्यकर्तालाई भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us