काठमाण्डुमा वर्षात

काठमाण्डु टुडे २०७७ पुष २० गते ८:३४ मा प्रकाशित

काठमाण्डु, २० पुस– काठमाण्डु उपत्यका र आसपास क्षेत्रमा सोमबार बिहान वर्षात भएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षातको क्रम अझै केही दिन जारी रहने छ । मौसमविद समीर श्रेष्ठका अनुसार बुधबारसम्मै हल्का वर्षा भइरहने छ ।

पश्चिमी वायुमा विकसित निम्नचापीय प्रणालीको प्रभावका कारण उपत्यकासहित देशका अधिकांश भू–भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना रहेको श्रेष्ठले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us