
काठमाण्डु, १९ पुस– नेकपाको ओली समूह निकट विद्यार्थीले प्रतिनिधिसभा विघटनको पक्षमा जुलुस निकालेका छन् ।
ओली पक्षधर अनेरास्ववियुको समर्थनमा आयतबार राजधानीमा प्रतिनिधिसभा भंगको पक्षमा प्रदर्शन भएको हो । काठमाण्डुका विभिन्न क्याम्पसबाट निस्किएको जुलुस माइतीघर मण्डलामा जम्मा भएको थियो । लगत्तै उनीहरु कार्की बैंक्वेटमा भेला भएका छन् ।
भेलालाई प्रधानमन्त्रीसमेत रहेका ओली समूहका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।