माधव नेपाल नेकपाका अध्यक्ष चयन

काठमाण्डु टुडे २०७७ पुष ७ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, ७ पुस– नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाएको छ ।

सो पक्षको केन्द्रीय समितिको मंगलबार थापाथालीस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । नेपाल यसअघि एकीकृत पार्टीमा चौथो वरियतासहित वरिष्ठ नेता थिए ।

नेकपाको आइतबार बसेको स्थायी समिति बैठकले ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।

यसअघि ओलीले सरकारी निवास बालुवाटारमा आयोजित आफू पक्षधरको भेलाबाट तत्कालिन नेकपाको केन्द्रीय समितिमा ५ सय ५६ सदस्य थपेर नयाँ पार्टी गठनको घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us