
काठमाण्डु, ७ पुस– सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित भएको छ ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा आयोजित आफू पक्षधरको भेलाबाट केन्द्रीय समितिमा ५ सय ५६ सदस्य थपेर नयाँ पार्टी गठन गरेका हुन् । उक्त पक्षले आगामी २०७८ मंसिर २ गते महाधिवेशन आह्वान गरेको छ ।
महाधिवेशन आयोजक समितिको बैठक ९ पुसमा बोलाइएको छ । ओलीले आइतबार प्रतिनिधिसभा विघटन गर्दै आगामी २०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका थिए । लगत्तै प्रचण्ड–माधव नेपाल पक्षले ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।