ओलीले ‘कू’ गरेः कोइराला

काठमाण्डु टुडे २०७७ पुष ५ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, ५ पुस– कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले संवैधानिक ‘कू’ गरेको टिप्पणी गरेका छन् ।

विराटनगरमा पत्रकार सम्मेलन गरेर कोइरालाले प्रधानमन्त्रीको संसद विघटन गर्ने प्रस्ताव अस्वीकृत गर्न राष्ट्र«पति विद्यादेवी भण्डारीलाई अपिल गरेका छन् । कोइरालाले सत्तारुढ नेकपाभित्रको विवादलाई कारण बनाएर संसद विघटन गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गरे ।

‘पार्टीभित्रको द्वन्द्वको बहानामा केपी ओलीले अट्याक गर्नुभयो’ कोइरालाले भने, ‘हुँदै नभएको प्रावधानलाई टेकेर संसद विघटन गर्नु घोर असंवैधानिक कदम हो ।’

फरक प्रसंगमा कोइरालाले ६ महिनामा मध्यावधि निर्वाचन भए काँग्रेस त्यसबाट नडराउने टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us