इजरायलमा पाइन् नेपाली राजदूत शाक्यले उत्कृष्ट राजदूत अवार्ड

काठमाण्डु टुडे २०७७ जेठ १० गते २०:०१ मा प्रकाशित

काठमाण्डु, १० जेठ– इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर २०१९’ बाट सम्मानित भएकी छन् ।

इजरायलको स्वतन्त्रता दिवसका अवसरमा एम्बेसडर क्लब अफ इजरायलले तेल अबिबस्थित नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो ।
‘एम्बेसडर क्लब अफ इजरायल’ का निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको बताए । उनले नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन योगदान गरेकाले शाक्यको पक्षमा मत जाहेर गरेको उल्लेख गरे ।

अन्य तीन फरक विधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ । सो अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो । उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एसियाकै पहिलो राजदूत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us