सचिवालय बैठकबाट अचानक बाहिरिए ओली

काठमाण्डु टुडे २०७७ वैशाख २४ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– प्रधानमन्त्री केपी ओली जारी नेकपा सचिवालय बैठकबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेका बेला ओली निस्किएर हिंडेका हुन् । सचिवालयमा आफूविरुद्ध नेताहरु कडा रुपमा प्रस्तुत भएपछि ओली रिसाएर हिंडेको बुझिएको छ ।

यद्यपि उनी आफूलाई सन्चो नभएकाले आराम गर्न जान्छु भन्दै हिंडेका थिए । ओली बाहिरिए पनि बैठक भने जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us