लकडाउनका बेला घरघरमै निःशुल्क कण्डम

काठमाण्डु टुडे २०७७ वैशाख २१ गते १८:५० मा प्रकाशित

एजेन्सी–अमेरिकाको मिचिगन राज्यले लकडाउनमा रहेका जोडीहरुलाई निःशुल्क कण्डमा वितरण गर्ने भएको छ ।
सरुवा रोगबाट बचाउन र सम्भावित जनसंख्या वृद्धि रोक्न प्रान्तीय सरकारले नै निःशुल्क रुपमा कण्डम उपलब्ध गराउन लागेको हो ।
मिचिगन स्वास्थ विभागकी प्रवक्ता लायन सुत्फिनले त्यसरी कण्डम वितरण गर्नुको स्वास्थ्य र गर्भ नियन्त्रण दुई योजना रहेको बताइन् । उनका अनुसार कण्डम आवश्यक पर्ने जोडीले इमलेमार्फत अर्डर गर्न सक्छन् । अर्डर गर्नेको घरमै कर्मचारीहरुले कण्डम पु¥याइदिनेछन् । उनले एक प्याकमा १० वपटा कण्डम र १९ प्याकेट लुब्रिकेशन राखेर वितरण गरिने उल्लेख गरिन् । लकडाउनका कारण मानिसहरु घरबाहिर निस्कन नसकेका कारण घरसम्मै पु¥याइदिने व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us