प्रचण्ड–नेपाल पक्षले ओलीलाई देखायो बहुमत सांसदको हस्ताक्षर

काठमाण्डु टुडे २०७७ वैशाख १७ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख– सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल खेमाले पार्टी संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गरेको छ ।

दुई खेमाका बहुमत सांसदले हस्ताक्षर गरेर सचिवालय बैठकमा पेस गर्ने तयारी भएको एक नेताले जानकारी दिए ।

यसअघि बुधबारै अध्यक्षसेमत रहका प्रधानमन्त्री ओली पक्षधर सांसदले बालुवाटारमा भेला भएर हस्ताक्षर अभियान सुरु गरेका थिए ।

अर्को खेमाले बहुमत पु¥याएसँगै संसदीय दलमा बहुमत देखाएर दलको बैठकबाट प्रधानमन्त्रीमा कायमै रहने ओलीको अन्तिम प्रयास पनि अन्ततः विफल भएको छ ।

यो सँगै ओली समूह केन्द्रीय समिति, स्थायी समिति, सचिवालय र संसदीय दल सबैमा अल्पमतमा परेको छ ।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । जसमध्ये ७८ ओली पक्षमा र बाँकी सबै प्रचण्ड–नेपाल समूहमा छन् । ओली पक्षले भने प्रतिनिधिसभामा ९६ र राष्ट्रियसभामा १९ सहित १ सय १५ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us