बेलायतमा दुई नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७६ चैत २७ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, २७ चैत– बेलायतमा कोरोना भाइरस संक्रमणबाट दुई पूर्वगोरखा सैनिकको मृत्यु भएको छ ।

लण्डन बस्दै आएका पूर्वगोरखा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ र ५८ वर्षीय शिव श्रेष्ठको मृत्यु भएको हो ।

गुरुङको नेपालस्थित ठेगाना पर्वतको पैयुंखोला र श्रेष्ठ सोलुखुम्बुका हुन् । गुरुङ र श्रेष्ठ दुवै सेवानिवृत्त भएपछि सामाजिक सेवाका काममा सक्रिय थिए ।

यसअघि पूर्वगोरखा सैनिकहरु लीलाबहादुर राई र प्रशान्त अर्यालको कोरोनाबाट मृत्यु भएको थियो । बेलायतमा कोरोना महाहारीका कारण ७ हजार बढीको ज्यान गइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us