अमेरिकामा कोरोनाबाट ५ नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७६ चैत २६ गते २३:०४ मा प्रकाशित

काठमाण्डु–अमेरिकामा नेपाली मुलका अमेरिकी नागरिक निमा टेम्बा शेर्पाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ ।
शेर्पाको मंगलबार बिहान न्यूयोकको क्विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको त्यहाँ रहेका नेपाली पत्रकार किरणबाबु मरहठ्ठाले जानकारी दिए ।
एनका अनुसार यो सँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ । मरहठ्ठाले यसअघि ५ अप्रिलमा मात्र अजय छोचुन, थोक्मे बिष्ट र सोनाम लामाको एकै दिन कोरोनाका कारण ज्यान गएको बताए ।
यसैबीच न्यूयोर्कस्थित नेपाली राजदूत अर्जुन कार्कीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत शेर्पाको मृत्यु भएको पुष्टि गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us